arrow
ADVERTISEMENT

चाणक्य नीति अनुसार सफलता र उन्नतिका लागि यसरी लिनुपर्छ निर्णय

logo
चाणक्य २,
प्रकाशित २०७५ चैत १३ बुधबार
chanakya-1.jpg

काठमाडौं । चाणक्य नीतिको दशौ अध्यायको १५ औँ श्लोक आजको समयमा सबैका लागि फाइदाजन छ  । चाणक्य नीतिको यस श्लोकमा सफलता र उन्नतिमा आउने अवरोधका बारेमा बताइएको छ ।

आचार्य चाणक्यले यस श्लोकमा अघि बढ्न कसरी निर्णय लिनु पर्छ सो बताएका छन् । यसको लागि चाणक्यले रुखमा एकसाथ बस्ने पक्षीको उदाहरण दिएर सम्झाएका छन् । चाणक्य भन्छन्, 'जो मानिस उन्नति र सफलताको इच्छा राख्छ उ रुखमा एकसाथ रहने पक्षीहरु जस्तो हुनुपर्छ ।'

एक वृक्षे समारूढा नानावर्णविहंगमाः।
प्रभाते दिक्षु गच्छन्ति तत्र का परिवेदना।।१५।।

चाणक्य नीतिमा चराहरूको प्रवृत्तिलाई बताउदै भनिएको छ, 'एकै रुखमा बसेका अनेक रंगका पक्षी बिहान फरक- फरक  दिशाहरुमा जान्छन् । यसमा कुनै नयाँ कुरा छैन । त्यस्ते प्रकार परिवारका सबै सदस्य परिवार-रूपी वृक्षमा बस्छन् र समय आएपछि जान्छन् । यसमा दुःख या निराशा किन ? आवागमनमा संयोग-वियोग त प्रकृतिको नियम हो । जसको जन्म हुन्छ उसको मृत्यु अवश्य हुन्छ । यसैले यो भावुकताबाट जोगिनुपर्छ ।'

चाणक्य नीतिको यस श्लोकका अनुसार जागीर वा व्यपारमा कुनै पनि निर्णय भावुकता, दु:ख र निराशामा लिनुहुदैन । नत्र उन्नति र अघि बढ्ने बाटो बन्द हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ